अर्को वर्ष पनि मास्क लगाउन आवश्यक पर्न सक्छ : फाउची

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका कोरोना टास्क फोर्सका महत्वपूर्ण सदस्य तथा संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले देशवासीहरुलाई शतर्क रहन सुझाएका छन् ।

एक कार्यक्रममा क्रममा उनले संसारमा कुल मृतकहरुमध्ये आधा मृत्यु अमेरिकामा भएको भन्दै यो ऐतिहासिक विफलता भएको बताए । उनले यसलाई आफू कहिले पनि सम्झन नहुने पनि बताए ।

उनले अमेरिकावासीहरुले अर्को वर्ष पनि मास्क लगाउन आवश्यक पर्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?