मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। आइतवार बिहान दक्षिण पूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान दुर्घटना हुँदा विमानमा सवार ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपी विमानमा कति जना सवार थिए भन्ने स्पष्ट नभएको र मृतकहरुको सनाखत हुन नसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार  विमानको अधिकांश भाग जलेर नष्ट भएको छ । दुर्घटनाको कारणबारे थाहा भइनसकेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?