कोरोना अपडेट: ८० जना थपिए, १२१ जना निको

RSS
0
Shares

काठमाडौँ– पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ ।

गत २४ घण्टामा काठमाडौँमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी काठमाडौँ उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?