मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कास्की । तनहुँको दुलेगौँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी ८ ढोरफिर्दीका सन्देश भट्टराई रहेका छन् ।

आज (आइतवार) बिहान भएको दुर्घटनामा परी गम्भिर घाइते भएका भट्टराईको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग १३ प ६२५ नं को स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ग १९ प ३७०६ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घट्ना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?