काठमाडौंसहित देशका अधिकांश ठाउँको मौसम सफा

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा घाम लागेको छ । पूर्वी तराईका एकदुई ठाउँमा अहिले कुहिरो लागे पनि बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन । पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको मौसमविदले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन ९ गते (आइतवार) – आज दिउँसो  प्रदेश १ को  पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश १ को  पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन १० गते (सोमवार)- सोमवार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चीम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । सोमवार राती प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

फाल्गुन ११ गते (मंगलवार)- मंगलवार दिउँसो देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही  बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडि भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने रातको समयमा देशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडि भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?