काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का विभिन्न स्थानमा आज बत्ती जाने भएको छ । आज दिउँसो तीन जिल्लाकै विभिन्न् ठाउँमा बत्ती जाने विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको रेडियो नेपाल फिडरअन्तर्गत क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ ।
रेडियो नेपाल फिडरलाई सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, धापाखेल लगायतका क्षेत्रमा तीन घण्टा बत्ती काट्न लागिएको हो ।
लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गतको पाटन अस्पताल, कुमारीपाटी, मानभवन, जावलाखेल र एभीएम चोकलगायत क्षेत्रमा पनि दिउँसो १२ देखि २ बजेसम्म बत्ती जाँदै छ।
त्यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा ११ केभी क्षमताको लाइन मर्मतको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तीन घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ। त्यस क्षेत्रको हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती जाने छ।
त्यसैगरी भक्तपुर विटरण केन्द्रको कटुञ्जे फिडर क्षेत्रमा ट्रान्सफर्मर जडान गर्नु पर्ने भएकाले इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ।
त्यस्तै काठमाडौंको बुढानिलकण्ठ उपवितरण केन्द्रमा दिउँसो बत्ती जाँदै छ। बुढानिलकण्ठको चुनिखेल फिडरअन्तर्गत पर्ने स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टाका लागि बत्ती काटिने प्राधिकरणले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया