काठमाडौं । दोलखामा आफ्नै श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
दोलखाको कालिन्चोक गाउँपालिका ६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्।
आज (शनिवार) बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेको प्रहरीले बताएको छ ।
खुकुरी प्रहार गर्दा श्रीमतीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर बिस्तारामै मृत्यु भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया