स्टार हस्पिटलले शुरु गर्‍यो एनआईसीयू सेवा

काठमाडौं । ललितपुरको सानेपास्थित स्टार अस्पतालले ‘शिशु सघन स्याहार तथा उपचार कक्ष’ (एनआईसीयू) सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले शुक्रवार एनआईसीयू कक्षको उद्घाटन गरेका हुन्।

अस्पतालका अध्यक्ष किशोर महर्जनले एएनआईसीयू सेवा अभावले धेरै शिशुको मृत्यु भइरहेको बताए। ‘हजारौँ संख्यामा एनआईसीयू सेवा नपाएर शिशुको मृत्यु भइरहेको छ। हामीले पहिला देखि यो सेवा सञ्चालन गर्न लागेका थियौँ,’ अध्यक्ष महर्जनले भने, ‘ आज एनआईसीयू सेवा सञ्चालन गर्न सफल भयौँ।’ नेपालमा एनआईसीयू सेवाका कारण धेरै शिशुको मृत्यु हुने गरेको छ। हाल देशभर १७ वटा अस्पतालमा १ सय १८ मात्रै एनआईसीयू सेवा उपलब्ध छ ।

अब स्टार अस्पतालले ६ वटा एनआईसीयू बेडबाट सेवा दिने छ। स्टार अस्पतालले पनि एनआईसीयू सेवा सञ्चालन गरेसँगै बेड अभावमा उपचार नपाउने समस्यामा थोरै भएपनि कमि हुने महर्जनले बताए ।

१४ वर्षदेखि सञ्चालित यस अस्पतालले सेटेलाइट अस्पतालका रुपमा वाग्मती प्रदेशको नुवाकोटमा सेवा विस्तार गरेको छ भने आगामि दिनमा अन्य प्रदेशमा पनि सेवा शुरु गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?