तेह्रथुम । तेह्रथुमको लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङमा लागेर मृत्यु भएको छ ।
बिहीवार १५स०० बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अवस्थामा बर्षासँगै परेको चट्याङमा परी बेहोस भएका थिए ।
बेहोस खड्काको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया