इतिहासमा आज : ३ वर्ष क्वारेन्टाइन राखेपछि म्यारी मालोनलाई छोडियो

काठमाडौं । २३ सेप्टेम्बर १८६९ मा उत्तरी आयरल्याण्डमा मेरी मालोनको जन्म भएको थियो । जब म्यारी १५ वर्षकी भइन्, तब उनी आयरल्याण्डबाट अमेरिका गएकी थिइन् ।

त्यहाँ गएर उनले कुकिङको काम गरिन् । १९०० देखि १९०७ सम्म म्यारीले न्यूयोर्कको ८ परिवारमा काम गरिन् । यसमध्ये ७ परिवारमा टाइफाइडको रोग फैलियो ।

१९०६को अन्तिममा एक परिवारमा टाइफाइडको रोग फैलियो । यसै परिवारमा म्यारीले काम गर्थिन् । त्यसपछि अमेरिकाको एक डिटेक्टिभ जर्ज सोपरलाई जिम्मेवारी दिइयो कि, टाइफाइटको रोग कहाँबाट फैलियो भन्ने बारेमा पत्ता लगाउन जिम्मेवारी दिइयो । जब त्यहाँ यसको हिस्ट्री नै थिएन ।

१५ जून १९०७ मा जर्ज सोपरले आफ्नो फाइडिंग छापे । जसमा त्यो परिवारले टाइफाइड भएको तीन महिना पहिला नै म्यारीलाई काममा राखेका थिए ।

रोग फैलिएको तीन हप्तापछि नै म्यारी त्यहाँबाट गइन् । सोपरले म्यारी नै टाइफाइडको करियर भएको शंका गरे । सोपरको फाइन्डिंग्स आएपछि न्यूयोर्क हेल्थ डिपार्टमण्टले म्यारीलाई पक्राउ गर्यो ।

जाँचमा उनमा टाइफाइड भएको पत्ता लाग्यो । त्यसपछि १९ मार्च १९०७ मा म्यारीलाई क्वारेन्टाइनमा राखियो । करिव ३ वर्ष क्वारेन्टाइनमा बसेपछि उनलाई १९१० मा क्वारेन्टाइन सेन्टरबाट रिहा गरियो ।

१९१५ मा उनले एक महिला अस्पतालमा काम गरिन् । त्यसपछि उनलाई फेरि समातेर क्वारेन्टाइनमा राखियो उनको पछि क्वारेन्टाइनमै रहँदै मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?