जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना पक्राउ

बाँके । जंगली जनावर निल गाई मारेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

डुडुवा गाउँपालिका-२ बाट आज (बिहीवार) बिहान ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ पक्राउ परेका हुन् ।

जंगली जनावर निल गाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले निल गाईको मासु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

फरार रहेका अर्का एक जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?