ॐ हस्पिटलको संचालक समितिको अध्यक्षमा डा. आनन्द प्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। को २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अस्पतालले काठमाडौंको लाजिम्पाट स्थित साङ्ग्रिला होटलमा सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ ।

नव नियुत्त सञ्चालकहरु मध्येवाट डा. आनन्द प्रसाद श्रेष्ठलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ ।

त्यसैगरी अस्पतालका अन्य सञ्चालकहरुमा सरला रिजाल, शरदकान्त अधिकारी, टंक श्रेष्ठ, डा। हरि किशोर श्रेष्ठ, डा। राजेश किशोर श्रेष्ठ, डा।केशव प्रसाद सिंह, डा.गिसुप निख प्रसिको, डा.रिता सिंह हमाल, डा.सरोज सेढाँई र डा।अनिश मुडभरी निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साभारण सभामा उपस्थित संचालक तथा शेयरधनीरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका थिए ।

सम्बोधनका क्रममा अध्यक्ष डा।श्रेष्ठले आफुले पाएको जिम्मेवारीलाई ध्यानमा राखेर अपतालमा संस्थागत सुशासन कायम गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको जिकिर गरे । चिकित्सकहरुको बाहुल्य रहेको बोर्डमा, बोर्डले समय सापेक्ष तथा बिश्वस्तरमा अस्पताल संचालन गर्ने र उच्च स्तरिय उपचार सेवालाई प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गरे । आगामी दिनमा दक्ष चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारीहरुको साथमा अस्पताल नयाँ ढंगबाट अगाडि लैजाने र ॐ अस्पताललाई पूर्ववत नेपालको पहिलो रोजाइको उपचार सेवा प्रदायक बनाउने दृढता समेत ब्यक्त गरे ।

उनले ॐ अस्पताल साथै विदेशवाट समेत रेफरल आउने देश भरका साना ठुला सबै स्वास्थ्य सेवा प्रदायकहरुको रोजाइको रेफरल सेन्टरको रुपमा परिचय बनाउन सफल भएकोमा अस्पतालका सम्पूर्ण डाक्टर, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई धन्यवाद दिए ।

साधारण सभाकै सन्दर्भमा अस्पतालमा बिशेष योगदान पुर्‍याउने चिकित्सक, नर्सिङ स्टाफ तथा कर्मचारीहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

कोरोनाको बिश्वब्यापी महामारी का समयमा आफ्नो ज्यू ज्यानको पर्बाह नगरी अस्पतालको ड्युटीमा खटिने र बिरामी को सेवामा अहोरात्र लागि परेका तथा बर्षभरिको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट ठहरिएका कर्मचारीहरु सम्मानित हुनेहरुमा ॐ हस्पिटलका मेडिकल कोअर्डिनेटर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा।विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ तथा आइसियु प्रमुख डा। प्रमेश सुन्दर श्रेष्ठ, सघन उपचार कक्षका जुनियर कन्सल्ट्यान्ट डा। बिपिन कार्की, अंकोलोजि वार्डकी नर्सिङ इन्चार्ज शुशिला कुँवर, सघन उपचार विभागकी नर्सिङ इन्चार्ज सविना ढकाल, इन्फेक्सन कन्ट्रोल नर्स निलम देवकोटा, हाउस किपिङकी सिनियर आया रस्मिला महर्जन, रिसेप्सनिष्ट रसिला तुलाधर रहेका छन् ।

तीन दशक अघिदेखी नेपालको निजीस्तरमा संचालित अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था ॐ अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुर दराजका बिरामीकालागि समय समयमा दुर्गम जिल्लाहरुमा बिशेषज्ञ र औषधि सहितको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि बितरण शिविर लगायतका अन्य चेतनामूलक विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

पछिल्लो समयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा मृगौला रोग लागि मृगौला कमजोर भएका विरामीहरुको निःशुल्क डायलाईसिस सेवा तथा क्यान्सरका विरामीहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको एकलाख सहुलियत सहितको विशेष उपचार सेवा समेत प्रदान गरिरहेको छ । त्यसैगरी, सो एक लाख सहितको उपचार खर्च अपुग भएको अवस्थामा पनि अस्पतालले सरकारले तोकिएकै शुल्कमा सहुलियत उपचार सेवा प्रदान गर्दै आइरहेको छ । जस अन्तर्गत क्यान्सरका बिरामीहरुले हरेक दिन मात्र दुइ सय रुपैयामा बेड पाउन सक्ने व्यवस्था रहेको छ।

७० बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको सम्मानमा अस्पतालले उपचार शुल्कमा १० प्रतिशत छुटसमेत प्रदान गर्दै आइरहेको छ ।

कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट उत्पन्न विश्वव्यापि महामारीका समयमा समेत अबिच्छिन्न रुपमा बिरामीको सेवा प्रदान गरेको ॐ अस्पतालले सयौको संख्यामा कोभिड(१९ बाट संक्रमित भएका बिरामीहरुलाई समेत उपचार प्रदान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?