आज काठमाडौंको रानीबारी क्षेत्रमा विद्युत कटौती हुने

काठमाडौं । काठमाडौंको रानीबारी क्षेत्रसहित बसुन्धरा, टोखारोड, बानियाँटार, ग्राण्डीमा अहिले विद्युत कटौती भएको छ । महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गत रानीबारी क्षेत्रमा हाइटेन्सन लाइनको मर्मतको काम गर्नुपर्ने भएकाले बिहान ७ बजेदेखि विद्युत कटौती भएको हो ।

नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार बिहान ७ बजे काटिएको विद्युत १० बजे पुन: जडान गरिनेछ । निर्धारित समयभन्दा अगाडि नै काम सकिएमा त्यसअघि नै लाइन जोडिने पनि प्राधिकरणले जनाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?