उत्तरी इराकमा कुर्द आतंककारीले १३ नागरिकको हत्या गरे

काठमाडौं । इराकको उत्तरी क्षेत्रमा कुर्द आतंककारीले १३ नागरिकको हत्या गरेका छन् ।

उनीहरुको अपहरणपछि हत्या गरिएको बताइएको छ ।

टर्कीमा आतंककारी संगठन घोषित गरिएको कुर्दिस्तान वर्कर्स पार्टीले १३ जनाको अपहरणपछि हत्या गरेको हो ।

उनीहरुको मृत्युको लागि टर्कीको हवाई हमलालाई जिम्मेवारी ठहर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?