काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन बुधवारबाट काठमाडौंमा शुरु भएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘प्रेस स्वतन्त्रताको आधार स् सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन शुरु भएको हो ।

उक्त महाधिवेशनको शुरुवात उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।
आज महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले प्रतिवेदन पेश गर्ने र त्यसलाई पारित गरेर आजै कार्यक्रम सक्ने तयारी भएको जनाइएको छ ।
त्यस्तै आगामी एक महिनाभित्रै नयाँ कार्यसमितिको निर्वाचन हुने वैधानिक व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया