काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले आतंककारी संगठन इस्लामिक स्टेटसँग सम्बन्ध राखेकी आरोपी महिलाको मामिलामा उब्जिएको विवादलाई मध्यनजर गर्दै अष्ट्रेलियाविरुद्ध निशाना साँधेकी छन् ।
उनले अष्ट्रेलियाली सरकारविरुद्ध जिम्मेवारीबाट भागेको आरोप लगाएकी छन् ।
उनले भनिन्, ‘अष्ट्रेलियाको तर्फबाट एकपछि अर्को खडा भइरहेको समस्या झेल्दा झेल्दै न्यूजिल्याण्ड थाकिसकेको छ ।’
बीबीसीका अनुसार २६वर्षीया महिलाले अष्ट्रेलिया र न्यूजिल्याण्ड दुवै देशको नागरिकता बनाएकी थिइन् । ती नागरिकता उनले क्यानबेराले गत वर्ष रद्द नगरुन्जेलसम्म राखेको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया