बंगलादेशी कामदारको हत्या गरेकी साउदी महिलालाई मृत्युदण्डको घोषणा, श्रीमान र छोरा पनि जेल जाने

काठमाडौं । साउदी अरबमा सम्भवतः पहिलो पटक विदेशी कामदारलाई हत्या गरेको आरोपमा एक स्थानीय महिलालई मृत्युदण्डको सजाय सुनाइएको छ । दोषी महिलाका श्रीमान र छोरालाई पनि जेल पठाइनेछ ।

हत्या भएकी महिला बंगलादेशी थिइन् र उनको नाम अबिरेन बेगम थियो ।

हत्या गर्ने महिलाको नाम आयशा जिगानी रहेको छ । अबिरोन मार्च २०१७ मा एक एजेण्टको माध्यमबाट साउदी गएकी थिइन् ।उनको ईच्छा पैसा कमाएर वृद्ध आमाबुबालाई पाल्नु थियो ।

२४ मार्च २०१९ मा उनको मृत्युको खबर बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?