विरोधलाई दमन गरे म्यानमारी सेनाले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्र संघले म्यानमारमा सैन्य कूविरुद्ध जारी जनविरोधलाई दमन गरे सेनाले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ। म्यानमारका लागि राष्ट्रसंघका विशेष दूत क्रिस्टिन श्रानेर बर्गेनरले नागरिकको ‘शान्तिपूर्वक भेला हुन पाउने अधिकारको सम्मान’ गरिनुपर्ने बताएकी छन्।

म्यानमारको पछिल्लो राजनीतिलाई विश्व समुदायले नजिकबाट नियालिरहेको भन्दै बर्गेनरले नागरिकमाथि कडा कदम नचाल्न चेतावनी दिएकी राष्ट्र संघका प्रवक्ता फराहन हकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जनताको शान्तिपूर्ण सभा गर्न पाउने अधिकारको सम्मान गर्न पनि उनले म्यानमारको सेनालाई आग्रह गरेकी छिन् ।

प्रजातान्त्रिक नेतृ आङ साङ सूची लगायतका नेतालाई नजरबन्दमा राखी म्यानमार सेनाले कू गरेपछि त्यहाँका जनता विरोधमा उत्रेका छन् । लगातार दुई दिनसम्म बन्द गरिएको इन्टरनेट मङ्गलबार बिहानदेखि चल्न थालेको छ । सेनाले विरोधमा उत्रेका जनतालाई २० वर्षसम्म कैदको सजाय गर्ने चेतावनी दिएपछि राष्ट्र संघले त्यसको प्रतिरोध गर्दै नागरिकमाथि कडा कदम नचाल्न चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?