यस वर्ष मात्र अस्पतालमा ३८ प्रतिशत शैया वृद्धि

RSS
0
Shares

काठमाडौं । सरकारले कोभिड–१९ ले गर्दा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति गरेको छ । सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेका प्रगति विवरणमा अस्पताल र स्वास्थ्य चौकीमा ३८.४ प्रतिशत शैया वृद्धि गरिएको जानकारी दिए ।

अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ शैया थप गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध छ हजार ४९० शैयामा थप दुई हजार ४९२ थप गरी आठ हजार ९८२ पुर्‍याइएको छ ।

प्रगति विवरणमा यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास गरिएको छ । आगामी दुई वर्षभित्र सम्पन्न हुने स्थानीयस्तरका यी अस्पतालमा थप आठ हजार श्यया थपिन थालेको उनले जानकारी दिए । सरकारले स्थानीय तह हेरी पाँच, १० र १५ शैया निर्माण कार्य थालिएको हो ।

प्रगति विवरणमा अर्को वर्ष थप २०४ स्थानीयस्तरका अस्पतालको निर्माण शुरू गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए । यस्तै सघन उपचार कक्ष ४०० श्यया, भेन्टिलेटरसहितको शैया तीन र उच्च निर्भरता ९हाई डिपेनडेन्सी० का लागि दुई हजार शैया थपिएको छ ।

सरकारले कोभिड–१९ को महामारी नेपालमा फैलिएको अवस्थामा पहिलोपल्ट पिसिआर परीक्षण गर्न मुलुकमा उपलब्ध प्रविधि पर्याप्त थिएन, पहिलो केसको पिसिआर परीक्षण गर्न सङ्कलित स्वाबलाई विदेश पठाउनु परेको उल्लेख गर्दै अहिले मुलुकमा ८३ वटा पिसिआर परीक्षण गर्ने प्रयोगशाला स्थापना गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?