लाग्यो फेकनको चुनाव, बासुदेव नेपालले घोषणा गरे २४ योजनासहित आफ्नो प्यानल

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी निर्वाचनका लागि बासुदेव नेपालले आफ्नो प्यानल घोषणा गरेका छन् ।

सोमवार (आज) काठमाडौंमा एक कार्यक्रमकाबीच नेपालको प्यानल घोषणा गरिएको हो ।

फेकनको निर्वाचन आगामी फागुन ८ गते शनिवार हुँदैछ ।

उक्त प्यानलको अध्यक्षमा बासुदेव नेपाल, उपाध्यक्षमा प्रज्वल बस्नेत, हेमन्तराज दुलाल, महासचिवमा विपिन केसी, सचिवमा पृथ्वीबहादुर चन्द, अमित खड्का, अनिल शर्मा पौड्याल रहेका छन् । त्यस्तै, सदस्यहरुमा राजकुमार शर्मा, दिनेश न्यौपाने, दिपा लामिछाने र सुरेश पोखरेल रहेका छन् ।

आफ्नो प्यानल घोषणा गर्दै नेपालले आफ्नो टिम उदाहरणीय रहेको दाबी गरेका छन् । साथै सबैको मेहनतले फेकन धेरै माथि पुगेको बताए । ‘फेकन भन्ने पनि संस्था छ र भन्नेहरुका लागि अहिलेको हाम्रो टिम उदाहरणीय छ । यस संस्थामा आवद्ध सबैको मेहनतले फेकन निकै माथी पुगेको छ ।’ उनले भने ।

त्यस्तै अध्यक्षका उम्मेद्वार नेपालले आफूहरुले २४ वटा योजनासहित अगाडी बढ्ने तयारी गरेको जानकारी दिएका छन् । ‘हामीले २४ वटा योजना सहित अगाडी बढ्ने तयारी गरेर यो प्यानल घोषणा गरेका छौं । यी योजना यथास्थितीको विरोधका लागि राखेका हौं । २२ महिना २४ काम अबको नेतृत्व बासुको नाम भन्ने मूल नारा सहित हामीले हाम्रो प्यानल तयार गरेका छौं ।’ उनले भने ।

आफ्नो अध्यक्षतामा प्यानल घोषणा गरेका नेपाल संघको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?