नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आंध्र प्रदेशमा आज (आइतवार) बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।
एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतवार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया