उत्तराखण्ड : ग्लेसियर फुट्दा बेपत्ता भएकाहरुमध्ये थप ५ जनाको शव फेला, कुल ४३ पुग्यो

काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा सात फेब्रुअरीमा ग्लेशियर फुट्दा बेपत्ता भएका थप पाँच जनाको शव फेला परेको छ । योसँगै त्यहाँ पुरिएर मृत्यु भएकाको कुल संख्या ४३ पुगेको हो ।

अहिलेसम्म पनि त्यस क्षेत्रमा लगातार खोजी कार्य भइरहेको छ ।

२ जनालाई अहिलेसम्म जीवित उद्दार गरिएको छ ।

त्यहाँ काम गरिरहेका २०४ जना मजदूर बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?