भारतमा कोरोना भ्याक्सिनपछि अहिलेसम्म २७ जनाको गयो ज्यान

काठमाडौं । भारतमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि अहिलेसम्म २७ जनाको ज्यान गएको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो । गत २४ घण्टामा ३ जनाको कोरोना भ्याक्सिन लगाएपछि मृत्यु भएको हो । उनीहरुले ९ दिनअघि मात्रै भ्याक्सिन लगाएका थिए ।

अहिलेसम्म २५ जनाको मृत्युको कारण कोरोना भ्याक्सिन नभएको बताएको छ ।

उनीहरुलाई अन्य रोग लागेको पनि बताइएको थियो । अन्य तीन जनाको भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?