काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ। आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने मौसमविदले बताएका छन् । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना छ।
यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया