अफगानिस्तानमा सैनिक उपस्थितिलाई जारी राख्नुपर्छ: जर्मन विदेशमन्त्री

एजेन्सी । जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य उपस्थितिलाई जारी राख्नु पर्ने जनाएको छ । अफगानिस्तानमा सेना पठाउनका लागि मिलेको वार्षिक जनादेश समाप्त हुनुअघि जर्मनीका विदेशमन्त्री हेइको मासले त्यहाँ नेटोको उपस्थिति थप बढाउनपर्ने जनाएका हुन् ।

अफगान सरकार र तालिबानबीच शान्तिवार्ता हुने सम्भावना नरहेकोले सैन्य उपस्थिति कायमै राख्नुपर्ने मासको भनाइ छ । नेटोका रक्षामन्त्रीहरूको यस महिनाको अन्त्यमा बस्ने बैठकमा नेटो गठबन्धनको १० हजार सेनालाई फिर्ता गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
अमेरिकापछि अफगानिस्तानमा सबैभन्दा धेरै सैनिक पठाएको जर्मनीले आफ्ना सैनिक संख्या थप गर्ने जनाएको हो ।

सन् २०२० को मे सम्म सबै विदेशी सेनालाई फिर्ता गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र तालिवानबीच सहमति भएको थियो । तर नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष तालिवानहरूसँगको वाशिंगटनमा गरिएको सम्झौताको समीक्षाको आदेश दिएका छन् । यसबाट सेना फिर्ता प्रक्रिया लम्बिने अनुमान हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?