पाल्पा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशको दोश्रो प्रदेश अधिवेशन ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र तानसेनमा शुरू भएको छ । यहि माघ ३० गते देखि शुरू भएको विद्यार्थी परिषद्को दोश्रो प्रदेश अधिवेशन आज फागुन १ गते सम्पन्न हुनेछ ।

अधिवेशनको उद्घाटन सत्रमा नेपाली सेनाका पूर्व उपरथी एवम् संघका वाग्मती संभाग संघ चालक नरवहादुर कँडेल, तानसेन नगरका प्रमुख अशोक कुमार शाही, स्वागत समिति अध्यक्ष शिक्षाविद् बुद्धिप्रसाद शर्मा, स्वागत समिति सचिव शैलेन्द्र भट्टराई, प्रदेश अध्यक्ष पुष्कर रेग्मी, प्रदेश सचिव त्रिसना खराल, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सचिव छितराज न्यौपाने, राष्ट्रिय सचिव बाबुराम मरासिनी लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनमा लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर राज रेग्मि र प्रदेश सचिवमा तिर्सना खराल निर्वाचित भएका छन् भने आगामी दुई वर्षका लागि २५ सदस्यीय प्रदेश कार्यकारिणी समिति समेत चयन भएका छन् । दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा विद्यार्थी परिषद्ले प्रदेशभरबाट उपस्थित भएका कार्यकर्ताहरूलाई सांगठनिक र वैचारिक प्रशिक्षण दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया