काठमाडौं । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविदले बताएका छन् ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ का पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने संभाबना छ।
यस्तै आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुने संभाबना रहेको छ ।
महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभरको मौसम बदली हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया