आज काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज र भोलि दिउँसो विद्युत् कटौती हुने भएको छ । सडक विस्तारको कार्य भइरहेकाले विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

बानेश्वर वितरण केन्द्रका अनुसार आज बिहान ११ देखि दिउँसो २ः३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत लाइन काटिनेछ भने गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १ः३० देखि अपरान्ह २:३० सम्म विद्युत कटौती हुनेछ ।

यसैगरी कपन फिडरअन्तर्गत भोलि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म विद्युत कटौती हुने केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?