काठमाडौं । प्रहरीले पार्किङमा राखेको गाडीको ब्याट्री चोरि गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ३० को निरज सिंह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सिंहले माघ २७ गते मंगलवार प्रतिमा चोकस्थित ४० फिटेरोडमा पार्किङमा राखिएको ना ३ ख ९३५७ नं।को ट्रक बाट ब्याट्रि चोरी गरी ना २ ह ५९०७ नं.को अटोमा लोड गरि लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनले अरु बेला समेत ब्याट्रि चोरि गरी बिरगंज महानगरपालिका वडा नं.८ पानीट्यांकीस्थित बस्ने ४१ वर्षीय मनिष कुमार रौनियारलाई बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
चोरलाई प्रोत्साहन तथा संरक्षण गर्ने रौनियारको घर खानतलासी लिँदा ‘१२ भी’ को ब्याट्री २४ थान सहित निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुवैलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया