बार एशोसिएशन झापाको अध्यक्षमा अधिकारी

RSS
0
Shares

झापा । नेपाल बार एशोसिएशन झापाका अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन भएका छन् । बारको आज शुक्रवार चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमल आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमार निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेल निर्विरोध चयन भएका छन् ।

आगामी दुई वर्षे कार्यकालका लागि गठित समितिका सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की, यज्ञलक्ष्मी चौलागाईँ, चेतनाथ आचार्य, लेखनाथ निरौला, मोहनकुमार अधिकारी, विजय ढुङ्गाना, तारादेवी बाराकोटी र उमाकान्त पोखरेललाई चयन गरिएको निर्वाचन समितिका संयोजक सुरज खत्रीले जानकारी दिए ।

त्यसैगरी, रामबहादुर थापा, सुरेशकुमार पोखरेल, प्रेमप्रसाद विमिली, बेनुप्रसाद सिटौला, नारायणप्रसाद चौलागाई, असारुलाल राजवंशी र डमरबहादुर कार्र्कीलाई केन्द्रीय पार्षदमा छनोट गरिएको निर्वाचन समितिले जनाएको छ । झापा बारमा प्रजातान्त्रिक कानून व्यवसायी र प्रगतिशील कानून व्यवसायीबीच आलोपालोको पद्धतिबाट सहमतिमा कार्य समिति चयन गर्ने परम्परा छ । सोहीअनुरुप नै यस वर्ष पनि समिति चयन गरिएको संयोजक खत्रीले बताए । अध्यक्ष अधिकारी प्रजातान्त्रिक कानून व्यवसायीको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?