नयाँ स्ट्रेनको टीकामा एस्ट्राजेनिकाको दाबी

काठमाडौं । फार्मास्युटिकल कम्पनी एस्टाजेनिकाले कोरोनाको नयाँ भेरियन्टविरुद्ध भ्याक्सिन बनाउन ६ देखि नौ महिनासम्मको समय लाग्न सक्ने बताएको छ ।

गार्डियनका अनुसार भ्याक्सिनको अपडेटेड भर्जनको लागि ६ महिनाको समय दिँदा भ्याक्सिन विकसित गर्नमा धेरै परिवर्तन आउने बताइएको छ ।

एस्ट्राजेनिकामा बायोफार्मास्यूटिकल्स आरएण्डडीका कार्यकारी उपाध्यक्ष सर मेने पंगलोसले अहिलेसम्म नयाँ भ्यारिएन्टको भ्याक्सिनका लागि काम शुरु महिना दिन पहिल्यै भएको बताएका छन् ।

यो भ्याक्सिन नोभेम्बरदेखि डिसेम्बरसम्म पाइने उनले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?