काठमाडौं । अमेरिकी राष्ट्रपति बनेको २२ दिनपछि जो बाइडेनले पहिलोपटक चीनका राष्ट्रपति शी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । तर उनी शुरुवातबाटै चीनसँग रुष्ट रहेको देख्न सकिन्छ ।
बाइडेनले फोनमा शी जिनपिङसँग हङकङमा मानवअधिकारको मुद्दामा प्रश्न उठाएका छन् ।
चीन यो मुद्दालाई लिएर पहिल्यैबाट रुष्ट छ ।
अमेरिकाले हङकङमा लोकतन्त्र बहाली र त्यहाँका मानिसलाई मानवअधिकारको प्रयोग गर्न दिने कुरामा बोल्दै आइरहेको छ ।
बाइडेन र शी जिनपिङबीच पहिलो पटकको कुरामै केहि मुद्दामा बहस भएको छ ।
यसमा दुवै देशको विषयमा आपसी सहयोगको बारेमा पनि कुराकानी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया