काठमाडौं । भोलि (शनिवार) र पर्सी (आइतवार) काठमाडौंका विभिन्न ठाउँमा बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएका छ । सार्वजनिक सूचना मार्फत प्राधिकरणले सडक मर्मत र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने बताएकोे हो ।
बानेश्वर बितरण केन्द्र अन्तर्गत शाँखु, गोठाटार, कपन र कोटेश्वर लगयातका ठाउँमा भोलि शनिवार र आइतवार विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार शाँखु फिडर अन्तर्गत गोकर्णेश्वर चौतारा, नाम्गेल, बीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटोसम्म, काठमाडौं उपत्यका खानेपानी प्रशोधन केन्द्र र आसपासका सडकमा भोलि (शनिवार)बिहान ११ बजेदेखि साढे २ बजेसम्म बत्ती जानेछ ।
गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेप्सीकोला टाउन प्लालिङ र आसपासका क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ । यस क्षेत्रमा भोलि (शनिवार) बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म बत्ती जानेछ ।
कोटेश्वर फिडर अन्तर्गत कोटेश्वर र नरेफाँट क्षेत्रमा शनिबार दिउँसो साढे १ देखि साढे २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।
साथै कपन फिडर अन्तर्गत निलोपुल र बुढानिलकण्ठ आसपासका क्षेत्रमा आइतवार बिहान ११ बजेदेखि साढे ३ बजेसम्म बत्ती जाने प्राधिकरणद्वारा जारि सुचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया