एकपटक फेरि देखिए अलीबाबाका ज्याक मा

काठमाडौं । विश्वका २५ औँ धनी व्यक्ति तथा अलीबाबाका कोफाउण्डर ज्याक मा २३ दिनपछि दोश्रो पटक देखिएका छन् ।

उनलाई चीनको एक रिजर्टमा गल्फ खेल्दै गरेको अवस्थामा देखिएको हो ।

यो भन्दा पहिला उनी भिडियो कन्फ्रेन्सिङमा देखिएका थिए । ज्याक मा अक्टोबरपछि देखिएका थिएनन् ।

उनी अहिले भने हैनान द्वीपमा रहेको रिसोर्टमा  देखिएका हुन् ।

केहि समयसम्म पब्लिक दूरीबाट टाढा रहेका उनी २० जनवरीमा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?