काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
नर्थ क्यारोलाइनाका २७ वर्षीय डेभिड के रिभेस नाम गरेका युवकलाई प्रहरीले गत साता संघीय अभियोगमा पक्राउ गरेको हो । उनले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा फोन गरेर बाइडेनलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ुम बाइडेनको घाँटी काट्छुु भन्दै धम्की दिने गरेको पत्ता बताइएको छ ।
अमेरिकामा राष्ट्रपतिलाई धम्की दिएमा पाँच वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिबाना गरिने कानूनी व्यवस्था रहेको छ । यसअघि पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ज्यान मार्ने धम्की दिने एक जनालाई ९ वर्षको जेल सजाय सुनाइएको थियो।
डेभिडका वकीलले भने उनी मानसिक रोगी रहेको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया