काठमाडौं । पढ्न लेख्न उनको मन लाग्दैन थियो ।
उनका पिता छोरो ठूलो भएर डाक्टर बनोस् भन्ने चाहन्थे । तर उनलाई कीराहरु र प्रकृतिको बारेमा जान्नुपर्ने थियो । हामी जसको कुरा गरिरहेका छौँ उनको नाम हो चार्ल्स डार्विन ।
उनको जन्म आजकै दिन १८०९ मा भएको थियो ।
उनका पिता रोबर्ट डार्बिन र माता सुसान डार्बिन दुवै जना चर्चित डाक्टर थिए । त्यसैले उनीहरु छोरो डाक्टर बनोस् भन्ने चाहन्थे । पिताले लाखौँ कोशिश गरेपनि उनको मन पढाईमा लागेन ।
एकदिन हैरान भएर उनले छोरालाई शिकार गर्न र मुसा समात्न भन्दा अरु केहि मतलव छैन भन्दै कराए । साथै उनले यसले अब खानदानको नाम बदनाम गराउने भयो भने ।

चर्ल्स भने सधैँ पृथ्वीमा जीवन कसरी आयो भनेर खोज गरिरहन्थे । डिसेम्बर १८३१ मा उनी २२ वर्षका भए । त्यो बेला उनले बीगल नामको जहाजबाट संसार भ्रमण गर्ने र त्यसलाई देख्न पाए ।
उनले त्यो मौका हातबाट उम्किन दिएनन् ।
उनले त्यो बेला जहाज जहाँ जहाँ रोकियो त्यहाँका बोटबिरुवाका प्रजाती संकलन गर्न थाले ।
त्यसपछि २४ नोभेम्बर १८५९ मा उनको किताव अन द ओरिजन अफ स्पेशीज बाइ मिन्स अफ नेचरल सिलेक्शन प्रकाशित भयो ।
त्यसमा उनले बाँदरबाट मानिसको बनेको तथ्य बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया