विराटनगर । ताप्लेजुङ पाथिभरा याङवरक-१ नाङखोल्याङका २० बर्षीय सुर्यमान राईको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
बिहीवार २ बजे ताप्लेजुङ पाथिभरा याङवरक-४ डुम्रिसे स्थित भित्री सडकखण्डमा ना ७ त ३३९ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
ट्याक्टर चालक याङवरक-१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।
यसै गरी मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । बिहीवार राती साढे ९ बजे सुनवर्षी-४ स्थित भित्री सडकखण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक यादव गम्भिर घाईते भएका थिए ।
घाईते यादवको रंगेली अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया