काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेकोमा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता” दिएको बताउँदै ”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ१नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ१”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्नेरुयो सरकारको काल आएकै होर ?’
ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ!नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने?यो सरकारको काल आएकै हो? pic.twitter.com/BpG4tvVPn3
— Baburam Bhattarai (@brb1954) February 11, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया