काठमाडौं । संयुक्त अरब इमीरेट (यूएई) को पहिलो मानवरहित मंगल मिशन होप प्रोब मंगलवार ७ महिनापछि ४९.४ करोड किलोमिटरको यात्रा गरेर मंगल ग्रहको कक्षमा पुगेको छ ।
मिशन सफल भएलगत्तै यूएईले केहि नयाँ रेकर्ड बनाएको छ ।
उसले पहिलो प्रयासमै आफ्नो अन्तरिक्षयान मंगलको कक्षमा पुर्याएको छ ।
यसो गर्ने यो पहिलो मुस्लिम देश बनेको छ जसको मार्स मिशन सफल भएको छ ।
मंगलको कक्षसम्म पुग्नेमा यूएई विश्वको पाँचौँ देश बनेको छ ।
यो भन्दा पहिला अमेरिका, सोभियत संघ, यूरोप र भारतले मंगल ग्रहमा पुगिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया