काठमाडौं । अमेरिकाको टेक्सास कोर्टमा भर्चुअल सुनुवाईको बेला एक रोचक घटना भएको छ ।
कोर्ट शुरु भएपछि वकीलले गल्तीले जूम एपमा क्याट फिल्टर अन गरे ।
यसमा जजले भने, ‘यो बिरालो कहाँबाट आयो ?’ कोर्टको समय बर्बाद भएको देखेपछि वकीलले केहि सेकेण्डपछि भने, ‘पेशको लागी तयार छ, म यहाँ लाइभमा छु, म बिरालो होइन ।’
यसमा तत्काल जज राय फर्ग्युसनले जवाफ दिँदै भने, ‘हो, त्यो त म देखिरहेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया