एजेन्सी । ग्रिसमा पुन: लकडाउनको घोषणा गरिएको छ । ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले राजधानी एथेन्समा पूर्ण लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि उनले मंगलवार एथेन्समा लकडाउनको घोषणा गरेका हुन्।
देशको लगभग आधा जनसंख्या रहेको राजधानी एथेन्समा एक करोडभन्दा धेरै मानिसको बसोबास रहेको छ । जनसंख्याको ठूलो चापका कारण थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न सिफारिस गरिएको अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
लकडाउन फेब्रुअरी ११ (आज) देखि यो महिनाको अन्त्यसम्म लागू हुने छ । लकडाउन घोषणापछि त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरि अनलाइन कक्षामा फर्किएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया