बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘महिला मार्च’ गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत बृहत् नागरिक आन्दोलनले सिंहदरबार महिला मार्च गर्ने भएको छ ।  शृङ्खलाबद्ध रुपमा भइरहेको बलात्कारका घटनाको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रवार मार्च गर्न लागेका हुन् ।

मार्च वसन्तपुर हुँदै न्यूरोड, रत्नपार्क र भद्रकाली हुँदै सिंहदरबार मूलगेटमा पुगेर सभामा परिणत हुने अभियानले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । जसमा महिला तथा पुरुष टोलीले महिला मुक्तिको नारा लगाउँदै अगाडि बढ्ने छन् ।

‘एकपछि अर्को बलात्कारलाई मूकदर्शक भइ हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौ ?,’ नागरिक आन्दोलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखी भागीरथ भट्टसम्म – यो सिलसिला अब सधैंका लागि बन्द हुनुपर्छ । सबै पीडितले न्याय पाउनुपर्छ । पुरुषप्रधान कानुन र सत्ताका आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु हुँदैन । हाम्रा घर, संविधान, कानुन, संस्था सबै अब बदलिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?