नेविसंघका नेता थापाको पहलमा नुवाकोटका ३ विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

विदुर । नेपाल विद्यार्थी संघ ९नेविसंघ०का नेता पवन थापाका साथै सिटिजन लाइफ इन्स्योरेन्स एजेन्सी म्यानेजरको तर्फबाट नुवाकोटका ३ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित श्री भेडावारि मावि, श्री नामरुन आधारभुत विद्यालय र दुप्चेश्वर प्राविलाई थापाको व्यक्तिगत तथा सिटिजन लाइफ इन्स्योरेन्स एजेन्सी म्यानेजरको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यार्थीलाई कपी, कलम , सिसाकलम , जोम्याट्रीक बक्स, डिक्सनेरी, टेन सेट बुकलगायतका सामाग्री हस्तान्तरण गरिएको थापाले बताए । उनले यो शुरुवात मात्रै भएको भन्दै यस्तै गरी पन्चकन्याका सबै विद्यालयमा सहयोग गर्दै जाने पनि बताए ।


शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि समाजसेवी रामेश्वर थापा , विशिष्ट अतिथि वडाअध्यक्ष मधु थापा, विशिष्ट अतिथि सिटिन्ज लाइफ इन्स्योरेन्स जरङ्खु शाखा प्रमुख स्वेच्छा उप्रेती, समाजसेवी गणेश सिटौला, समाजसेवी अर्जुन गिरिलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?