काठमाडौं । म्यानमारमा फेब्रुअरी १ मा भएको सत्ता कब्जापछि जनता आफ्नो पूरा शक्तिका साथ सडकमा उत्रिएको छ ।
सेनाले देशका अधिकांश शहरमा कर्फ्यू लगाएको छ । तर मानिसको जोशको अगाडि सैनिक चुप लागेर बस्न बाध्य छन् । मंगलवार बिहानदेखि नै मानिस यांगून र बाँकी शहरका सडकमा उत्रिएका छन् ।
केहि प्रदर्शनकारीले आफू आफ्नै आँखा अगाडि लोकतन्त्र सकिउको देख्न नसक्ने बताए ।
उनीहरुले भने, ‘हामी हाम्रै आँखा अगाडि लोकतन्त्रको नष्ट भएको हेर्न सक्दैनौँ, कर्फ्यूको हामीलाई मतलब छैन, लोकतन्त्र फेरि चाहियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया