स्रोत नखुलेको २१ लाख नगद सहित एक जना पक्राउ

रौतहट । स्रोत नखुलेको २१ लाख ९० हजार नगद र ३१ लाख १६ हजार बराबरको ५ थान बैंक चेक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा परोहा नगरपालिका १ का २७ वर्षीय मोहम्मद दिलसाद आलम रहेको प्रहरीले जनाएको छ ।

रौतहटको गौर नगरपालिकाबाट स्रोत नखुलेको २१ लाख ९० हजार नगद र ३१ लाख १६ हजार बराबरको ५ थान बैंक चेक सहित हिजो (सोमवार) आलम पक्राउ परेका हुन् ।

नम्बर नभएको रातो रंगको स्कुटरमा विभिन्न दरका रकम र आलमको नामको चेक सहित जिल्ला प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले  आलमलाइ पक्राउ गरेको हो ।
यसबारे थप कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?