२८ जेष्ठ २०८०, आईतवार

गोली हानी छोरीको हत्या गर्ने बाबु पक्राउ

२०७७,माघ,२७,मंगलवार ११:५६

0
Shares

टेक सिँह धामी/धनगढी । बैतडीमा गोली हानी आफ्नैै छोरीको हत्या गर्ने बाबु लाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै विवाहित छोरीलाई माघ २४ गते गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई पक्राउ गरेको हो।

गोली प्रहार गर्ने महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

माघ २४ गते साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए ।महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएको बताइएको छ ।

गोली प्रहार गरेर हत्या गरेका महरा गोली लोड गरेको बन्दुक लिएर फरार भएका थिए। आफ्नै २ वटा घर मध्ये १ वटा घरमा आगजनी गरेका हुन्।

महराका २ श्रीमती छन्। कान्छी श्रीमती सँग विवाद भएको थियो। आफ्नी आमाको पक्ष लिएपछि मृतक बेलमतीमाथि महराले गोली प्रहार गरेको बताइएको छ।

 

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०