२७ जेष्ठ २०८०, शनिवार

इतिहासमा आज : २००१ मा संसद हमलाका मास्टरमाइण्ड अफजल गुरुलाई फाँसी दिइयो, गाएका थिए गीत

२०७७,माघ,२७,मंगलवार १०:४७

0
Shares

काठमाडौं । २००१ को १३ डिसेम्बरको बिहान । भारतमा संसदमा विन्टर सेशन चलिरहेको थियो र महिला आरक्षणको बारेमा हंगामा जारी थियो ।

तर हंगामाका कारण् बिहान ११ बजेर २ मिनेट जाँदा संसद स्थगित भयो । त्यसपछि त्यो बेलाका प्रधानमन्त्री अटल बिहारी वाजेपेयी र विपक्षी नेतृ सोनिया गान्धी संसदमा गइसकेका थिए ।

करिव साँढे ११ बजे उपराष्ट्रपतिका सेक्यूरेटी गार्ड उनी बाहिर आउने प्रतिक्षामा थिए । त्यहि बेला ५ आतंकी गेट नम्बर १४ बाट संसद परिसरमा छिरेका थिए । त्यो समय सेक्यूरेटी गार्ड हतियार बिनाका हुन्थे ।

त्यसपछि सेक्यूरेटी उसको पछि दौडिन थाले त्यसैबेला आतंककारीको कार उपराष्ट्रपतिको कारसँग ठोक्कियो । त्यसपछि आतंककारीले गोली चलाउन शुरु गरे । साँझ ४ बजे पाँचै जना आतंककारी मारिए ।

त्यसमा दिल्ली पुलिसका पाँच जना, सीआरपीएफकी एक महिला सिक्योरेटी गार्ड र राज्यसभाका दुई कर्मचारीको पनि ज्यान गयो । त्यसको दुई दिनपछि १५ डिसेम्बर २००१ मा अफजल गुरु, एसएआर गिलानी, अफशान गुरु र शौकत हुसेनलाई पक्राय गरियो । पछि कोर्टले गिलानी र अफशानलाई छोड्यो भने अफजललाई मृत्युदण्ड दिने भयो ।

शौकत हुसेनको मृत्युको सजाय घटाइयो र १० वर्षको जेल सजाय तोकियो । संसद हमलाका मास्टरमाइण्ड अफजललाई आजकै दिन २०१३ मा दिल्लीको तिहाड जेलमा बिहान ८ बजे फाँसी दिइएको थियो ।

उनले फाँसी दिनभन्दा अगाडि गीत गाएका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १०:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०