१४ जेष्ठ २०८०, आईतवार

कार्यालय जान दैनिक १८० किलोमिटरको यात्रा

२०७७,माघ,२७,मंगलवार ०९:५२

0
Shares

टीकापुर । कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्छन् । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८० किलोमिटर दैनिक आवतजावत गर्छन् । नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था गरेको भए पनि बिनाडी दैनिक घरबाटै ओहरदोहर गर्छन् । पाँच महिनाअघि सरुवा भएर लम्की–चुहामा आएका बिनाडी कार्यालयको खर्चमा दैनिक १८० किलोमिटर ओहरदोहर गरिरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको यातायात खर्चका बारेमा लेखा अधिकृत धर्मराज उपाध्यायले बोल्न चाहेनन् । उपाध्यायले इन्धनमा नगरपालिकाको मासिक खर्च दुई लाखसम्म हुन्छ भने । “आवास छ, सम्झौता भएकोजस्तो लाग्छ, सम्झौता कति रकममा भएको छ, त्यो त प्रशासनमा हेर्नुपर्छ”, उपाध्यायले भने, “घरायसी समस्याले ओहरदोहर गर्नुभएको हो ।”

यसरी ओहरदोहर गर्दा सेवासमेत प्रभावित भएको स्थानीयवासीको भनाइ छ । “यसरी प्रभावकारी सेवा दिनुहुन्छ जस्तो लाग्दैन”, स्थानीयवासी ललित जैशीले भने, “स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई खाने, बस्ने व्यवस्था स्थानीय सरकारले गर्ने प्रावधान छ जस्तो लाग्छ । त्यति लामो दूरी टाढा बस्नु भनेको इन्धनदेखि लिएर अन्य खर्च हुन्छ, उहाँले भुक्तानी कसरी बुझ्नुहुन्छ हामीले थाहा पाउने कुरा भएन ।”

जैशीले स्थानीय तह प्रभावकारीरूपमा चलेको जस्तो नलागेको बताए । “यसरी लामो दूरी यात्रा गरेर कसरी प्रभावकारी सेवा दिन सक्नुहुन्छ रु”, जैशीले प्रश्न गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनाडीले आवास तयार हुँदै गरेको बताए । सेवा प्रभावितका बारेमा बिनाडीले आफू समयमै उपस्थित हुने गरेको जिकिर गरे । “म कहिलै पनि १० बजेभन्दा एक मिनेट ढिला गरेको छैन, ५ नबजी निस्केको पनि छैन”, बिनाडीले भने, “मैले एक दिन पनि बिदा लिएको छैन । दैनिक ओहरदोहरमा लाग्ने इन्धन, त्यो त हेर्नुपर्छ मलाई थाहा हुँदैन ।”

उता नगरप्रमुख महादेव बजगाईँले प्रमुख प्रशासकीय अधिकृतका लागि आवासको व्यवस्था भएको भन्दै क्वार्टरमा नबस्नु प्रमुख प्रशासकीय अधिकृतको आफ्नै समस्या रहेको बताए । “होइन आवासको व्यवस्था छ, अस्ति मैले पनि सोधेको थिएँ”, नगरप्रमुख बजगाईँले भने, “उहाँको श्रीमती बिरामी भएर हो, अब बस्नुहुन्छ ।”

प्रमुख प्रशासकीय अधिकृत बिनाडी यसअघि लम्की–चुहा नगरपालिकामा आएर इन्धन र कार्यालयको खरिदकै बारेमा विवाद भएपछि तत्कालीन नेकपा (एमाले)ले विरोध गरेको थियो । राजनीतिक संयन्त्रले विरोध गरेपछि उनी अन्यत्र सरुवा भएर गएका हुन् । पछिल्लो समय स्थानीय तहमा खर्च हुने इन्धनका बारेमा बढी गुनासो आउन थालेको छ । स्थानीयवासीले इन्धन र स्रोत साधन प्रयोगमा मनपरी हुन थालेको गुनासो गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ०९:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०