२८ जेष्ठ २०८०, आईतवार

अवैध रकम ओसारपसार गर्न भरियाको प्रयोग

२०७७,माघ,२७,मंगलवार ०६:५२

0
Shares

काठमाडौं । स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित रौतहट प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवारलाई शंका लागेर चेकजाँच गर्दा २१ लाख ९० हजार रूपैयाँसहित रौतहटको परोहा नगरपालिका–१ का महम्मद दिलसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले सोधपुछ गर्दा रकमको स्रोतबारे बताउन नसकेपछि आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। चेकजाँचका क्रममा दिलसादबाट ३१ लाख १६ हजार रूपैयाँको पाँचवटा चेक पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी गराएका छन्।

पछिल्लो समय प्रदेश २ का सीमावर्ती नाकाबाट स्रोत नखुलेको रकम ओसारपसार बढेको पाइएको छ। साउनयता नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदेश २ अन्तर्गत पर्ने सीमावर्ती नाका आसपासबाट स्रोत नखुलेको तीन करोडभन्दा बढी रूपैयाँ बरामद गरेको छ। यस धन्दामा नेपाली र भारतीयको संलग्नता पाइएको छ।

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रूपैयाँसहित पक्राउ परेका दुई भारतीयलाई आइतबार मात्रै सार्वजनिक गरेको थियो। नागरिक दैनिकमा मिथिलेश यादव, उपेन्द्र यादव र मदन ठाकुरको बाइलाइनमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ०६:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०