२८ जेष्ठ २०८०, आईतवार

नयाँ उचाइमा विदेशी विनिमय सञ्चिति : चालू खाता दोस्रो महिना पनि घाटामा

२०७७,माघ,२७,मंगलवार ०६:२३

0
Shares

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को कात्तिकको तुलनामा मङ्सिरमा घटेको विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म आइपुग्दा बढेर नयाँ उचाइमा पुगेको छ । पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड डलर पुगेको छ, जुन डलरको आधारमा हालसम्म कै उच्च हो ।

यसअघि गत कात्तिकमा विदेशी विनियम सञ्चितिले १२ अर्ब ६५ करोड डलरमा पुगेर नयाँ रकेर्ड बनेको थियो । त्यसपछि मङ्सिर १२ अर्ब ५४ करोड डलरमा झरेको विदेशी विनिमय सञ्चिति अहिले बढेर पहिलेको भन्दा पनि माथिल्लो उचाइमा पुगेको हो ।

गत आवको सोही अवधिमा विदेशी विनिमय सञ्चिति ९ अर्ब ६९ करोड डलर रहेको थियो । डलरका आधारमा विदेशी विनियम सञ्चिति ९ दशमलव ७ प्रतिशतले बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक पुससम्मको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार नेपाली मुद्रामा विदेशी विनियम सञ्चिति १४ खर्ब ९३ अर्ब ८४ करोड पुगेको छ । यसअघि गत कात्तिकमा यस्तो सञ्चिति १५ खर्ब ६ करोड रहेको थियो । तर, पुससम्म आउँदा डलरको मूल्य घटेपछि नेपाली रुपैयाँमा विदेशी विनिमय सञ्चिति कम देखिएको हो । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले समाचार लेखेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ०६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०